
एमालेलाई हराउँदै उदयपुरगढीमा समाजवादीका मानबहादुर विजयी

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै ८ सय २८ मतान्तरले पराजित गरी सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार मगर अध्यक्ष निर्वाचित भएका हुन् ।
समाजवादीका मगरले ४ हजार ९४२ मत ल्याउँदा एमालेका खत्रीले ४ हजार ११४ मत मात्र पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । एमाले विभाजन हुँदा समाजवादी रोजेका मगरले एमालेलाई नै हराउँदै दोस्रोपटक अध्यक्षमा बाजी मारेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् ।
खड्काले हजार ६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३ हजार ८६३ मत ल्याएर पराजित भइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ