
नेपालगञ्जमा एमालेका मिश्रभन्दा काँग्रेसका विष्ट दोब्बर मतले अगाडि

नेपालगञ्ज उपमहानगरपालिका मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले नेकपा एमालेका पशुपति दयाल मिश्रको भन्दा दोब्बर मतले अग्रता लिएका छन्। विष्टले १२००९ मत ल्याएका छन् भने एमालेका मिश्रले ५६६८ मत मात्रै ल्याएका छन्। विष्ट र मिश्रको मत अन्तर ६३४१ छ।
यस्तै राप्रपाका मेयरका उम्मेदवार नन्दलाल बैश्यले ४८४२ मत मात्रै ल्याएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्धिन राईले ९९८३ मत ल्याएका छन्। राईले एमाले उपमयेर र राप्रपाकी उपमेयर भन्दा अग्रता लिएका छन्। राप्रपाकी विन्दु चर्तीमगरले ६१४२ मत र एमालेकी शान्ति ढकालले ५३९३ मत ल्याएकी छन् । भेरी प्राविधिक शिक्षालयमा मतगणना भइ रहेको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ