आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मेयरमा धनराजको फराकिलो अग्रता, उपमेयरमा प्रतिस्पर्धा रोचक

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ४४
शुक्रबार, ०६ जेठ २०७९

कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ६१ हजार ११२ मत गणना हुँदा आचार्यले २५ हजार २२६ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् । 

यस्तै उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप