आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेक्सजेन  म्यानेजमेन्ट र लगानी हबबिच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता

आइतबार, १६ वैशाख २०८१, ११ : १०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी आयोजित ससमारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरे । 

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलार्इ प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको जनाइएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रा.लि. लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप