काठमाडौँ । देशभर डढेलोको प्रकोप फैलिँदा काठमाडौँ सहित देशभरिको वायुको गुणस्तर अस्वस्थकर रहेको छ । गर्मी सुरु भएसँगै डढेलोको प्रकोप बढिरहँदा कचौरा आकारको काठमाडौँ उपत्यकालाई तुवाँलोले ढाकेको छ ।
_QVGv97dCfq.jpg)
आइतबार पनि काठमाडौँको वायुको गुणस्तर अस्वस्थर रहेको आईक्यू एयरले देखाएको छ । आइतबार बिहान १० बजे आईक्यू एयरको काठमाडौँको हावाको गुणस्तर १७४ देखाएको छ । प्रदूषणका हिसाबमा काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ ।
_KJRgj1qt8j.jpg)
देशका विभिन्न ठाउँमा डढेलो लागिरहेको भए पनि यसको नियन्त्रणका लागि सरकारको कुनै तयारी वा संयन्त्र परिचालन गरिएको छैन । तुवाँलोका कारण मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखस बनाउने, नाक पोल्नेलगायतका समस्या देखापरेको छ ।
_cuRwDjleLC.jpg)
_qLXPbY76Ap.jpg)
_gzYd7M0QcU.jpg)
_seSnoQ6ZiE.jpg)
_ct4NSvcQcM.jpg)
_i7UHtTDssv.jpg)
_vxjnOeNeKh.jpg)
_ZzXeOi0I5i.jpg)
_iOUqP5uBCm.jpg)
प्रतिक्रिया