हिमालयन सेक्युरिटिजको कारोबार सुरु
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिजकोे कुल चुक्ता पूँजी रु साठ्ठी करोड छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।
कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई