आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : भरतपुर महानगरमा ३२०२ मतले अग्रता

शुक्रबार, ०६ जेठ २०७९, १७ : १९
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले ३२०२ मतले अग्रता बनाएकी छन् । शुक्रबार साँझ ५ बजेसम्म कुल ५९ हजार ९१७ जम्मा मतगणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९६ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८ हजार ३७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ्गले १५ हजार ३११ त पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप