आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा आचार्य र थापाको मतान्तर ३२०६, उपमेयरमा ३ सयको फरक

शुक्रबार, ०६ जेठ २०७९, १७ : २८
शुक्रबार, ०६ जेठ २०७९

पोखरा महानगरपालिकामा ६९ हजार ९६८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले कलम २८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले २५ हजार ३५७ मत पाएका छन् । आचार्य र थापाबीचको मतान्तर ३२०६ रहेको छ । 

त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १८२२ मत ल्याएका छन् ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट २८ हजार ९०० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, २९ हजार २ मत ल्याएर अग्रता बनाएकी छन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले २८३८ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप