ad
x

फिल्म र टीभी शोमा भारतको उत्तर प्रदेश देखाउँदा किन त्यहाँको अपराधलाई मात्र देखाइन्छ ?

person explore access_timeजेठ ८, २०७९ chat_bubble_outline0

पछिल्लो केही वर्षदेखि स्ट्रिमिङ प्ल्याटफर्मले हिन्दी फिल्म निर्मातालाई कथाको दायर बढाउने मौका दिएको छ । जनसंख्याको हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश फिल्म निर्माताहरुले लागि आकर्षक लोकेसन बनेको छ ।


तर उत्तर प्रदेशलाई लोकेसन बनाइएका फिल्मको कथामा सामान्यतया अपराध र ग्याङ हिंसा देखाइन्छ । यसबीच राज्यको समृद्ध संस्कृति र इतिहास भने छायाँमा परिरहेको छ ।



नयाँ फिल्म र वेब सिरिजमाथि नजर राख्ने ट्वीटर एकाउन्ट सिनेमा रेयरले ठट्टा गर्दै लेखेका छ, ‘उत्तर प्रदेशमा सायदै कुनै शहर बाँकी होला, जसमाथि फिल्म नबनेको होस् ।’



राज्य सरकार पनि छुट वा विशेष व्यवस्थाको प्रलोभन दिएर फिल्म निर्माताहरूलाई आकर्षित गरिरहेको छ ।



मिर्जापुरदेखि पाताल लोकसम्मका चर्चित शो यही राज्यमा आधारित छन् । यसमा पारिवारिक शत्रुता र हत्या हिंसा देखाइएको छ ।



बलिउडका लागि अपराधको कथा नयाँ होइन । सन् १९९८ मा मुम्बईमा आधारित ग्याङ्स्टर ड्रामा फिल्म ’सत्या’ पछि यस्ता हिंसक र डार्क फिल्मको शृंखला सुरु भयो जसले सहरको चमकधमकबाट लुकेर सक्रिय हुने अपराध संसारको यात्रा गर्छ ।



फिल्म समीक्षक उदय भाटियाले उनको पुस्तक ‘बुलेट अफ बम्बे’ मा लेखेका छन् ,‘ सत्याले हिन्दी सिनेमामा ठूलो परिवर्तन ल्याइदियो । यही फिल्ममा काम गर्ने केही हस्तीले तिनको शैलीमा हिन्दी फिल्मलाई बदले ।’

यसमा निर्देशक अनुराग कश्यप र विशाल भारद्वाज मुख्य मानिन्छन् । दुवै फिल्मकर्मी उत्तर प्रदेशकै हुन् । विशाल भारद्वाजले उत्तर प्रदेशमा आधारित धेरै हिट फिल्म बनाएका छन् ।

दिल्ली युनिभर्सिटीका प्रध्यापक तथा फिल्म निर्माता अनुभा यादवका अनुसार सत्याभन्दा अघि हिन्दी फिल्मले कथालाई केन्द्रमा राख्दैन थिए ।

‘सत्यापछि कथाको प्लट हिन्दी फिल्मका लागि महत्वपूर्ण हुन थाल्यो । त्यसपछि फिल्ममा अलग प्रकारको सौन्दर्य देखाउन थालियो । वेब सिरिजले यसलाई नयाँ उचाइमा पु¥याइरहेको छ,’ अनुभा यादव भन्छिन् ।

तर केही समालोचकले भने यी फिल्ममा पनि समस्या औंल्याएका छन् । उत्तर प्रदेशको शाहबादमा बस्ने एक समाजशास्त्री मोहम्मद सईद भन्छन्, ‘सत्या मौलिक थियो । त्यसपछिका फिल्मले भने एउटै कुराको नक्कल गरे जस्तो गरे । अनुहार, संवाद र गाली मात्र नयाँ भएजस्तो भयो,’ सईले भने ।

सत्याको सफलतापछि निर्माण भएको नयाँ शैलीले दर्शकलाई आकर्षित गर्न एक निश्चित प्रकारको मर्दवाद र हिंसाको साहारा लिएको यादव पनि स्वीकार्छिन् ।

उत्तर प्रदेशको भौगोलिक अवस्थिति र त्यहाँको जनसांख्यिक विविधताले फिल्म निर्माताहरुलाई फाइदा पु¥याउँछ । त्यसबाहेक पनि राज्यसँग थप धेरै कुरा छन् । उत्तर प्रदेश गंगा–जमुनी तेहजीब (हिन्दु मुस्लिमहरुको साझा संस्कृति) को संगमस्थल हो । यो राज्यमा साहित्य, कला, संगीत र नृत्य जगतका धेरै दिग्गज जन्मिएका छन् ।

तर, आजका फिल्म तथा वेबसिरजमा राज्यको यो जटिलता देखाइएपनि थोरै देखाइन्छ । । यादव भन्छिन् ,‘यो कविहरुको भूमि हो । कवि गालिबको भूमि हो । यही राज्यमा सन् १८५७ को क्रान्ति भएको थियो । यस्ता धेरै ऐतिहासिक कथा छन्, यो राज्यमा ।’

यसको मतलब राज्यमा अपराध हुँदैन भन्ने होइन । प्रहरी मुठभेड, घृणा प्रेरित हिंसा र महिलाविरुद्धको अपराधहरू यस भेगका पत्रिकाका मुख्य हेडलाईन हुने गर्छ । तर पनि फिल्महरु उत्तर प्रदेशको हिंसामै बढि केन्द्रीत छन् । भारतका अन्य ठूला राज्यहरुमा पनि वर्षेनी दशौँ हजार अपराध दर्ता हुन्छन् ।

केही फिल्ममा भने एक गोली पनि चलाएको नदेखाई उत्तर प्रदेशको कथा देखाइएको छ । ‘शुभ मंगल’, ‘जरा सावधान’ र ’बरेलीकी बर्फी’ यसका उदाहरण हुन् ।

राज्यको विषयमा गहिरो बुझाइ नभएका व्यक्तिले हिंसात्मक फिल्म हेरेकै आधारमा राज्यबारे धारणा बनाउने अवस्थामा समस्या उत्पन्न हुने फिल्म पटकथा लेखिका जूही चतुर्वेदी भन्छिन् ।

एउटा टिभी शोको लागि अनुसन्धानमा सघाएका सईद फिल्महरुमा राज्यलाई लगातार हिंसात्मक देखाउँदा राज्यप्रतिको राष्ट्रिय धारणामा ठूलो असर पर्ने कुरा स्वीकार्छन् ।

विगतमा निर्देशकहरूले उत्तर प्रदेशमा आधारित बहुआयामिक फिल्महरू बनाएका छन् । विशाल भारद्वाजको ’ओमकारा’मा पनि हिंसा छ तर यो कथामाथि कहिल्यै हावी हुँदैन र हिंसा फिल्मको प्रमुख कथ्य बन्दैन । ‘मसान’ जस्ता इन्डिपेन्डेन्ट फिल्मले राज्यको दिनप्रतिदिन अपराधलाई चित्रण गरेको छ ।

सन् २०१२ मा जब अनुराग कश्यपले कोइला माफियामा आधारित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’ बनाए, तब कथाले समेटेका गाउँ बस्तीका बासिन्दाले आफूहरुको दैनिक जीवनलाई असंवेदनशील रुपले देखाएकोमा विरोध गरे । यसलाई भ्रामक भएको भन्दै आलोचना गरे ।

दुई भागमा आएको ’ग्याङ्ग्स अफ वासेपुर’ले अविभाजित बिहारको वासेपुर सहरको कथा भन्छ । केही व्यक्तिले फिल्मलाई निकै खतरनाकसम्म भने । तर निर्देशकले फिल्म वास्तविकताको नजिक रहेको भन्दै बचाउ गरे ।​

सईद सम्झन्छन्, ‘अनुराग कश्यपको फिल्मले बिहार र झारखण्डलाई असहज बनायो । फिल्ममा भारतीय लोक संगीतको एक विधा चटनी सङ्गीत थियो जसलाई त्यस क्षेत्रको सङ्गीतको रुपमा प्रस्तुत गरियो । हिंस्रक रुपमा प्रस्तुत गरिएकोमा पनि मानिसहरूलाई दुःखी बनायो । ’

यता यादव नयाँ शोमा हिंसालाई फर्मुलाको रूपमा प्रयोग गरिने गरेको बताउँछिन् । जसले गर्दा फिल्म लोकेसनभन्दा फरक देखिने गरेको उनको धारणा छ । यही कारणले टिभी शो वा फिल्म भाषा र क्षेत्रभन्दा परका मानिसलाई पनि तान्ने उनी बताउँछिन् ।

सेक्रेड गेम्स र आर्याजस्ता सहरमा आधारित थ्रिलर शोका लागि पनि परिस्थिति त्यति धेरै अलग छैनन् । ‘यदि सेक्रेड गेम्स उत्तर प्रदेशमा आधारित हुन्थ्यो भने पनि त्यसमा त्यति धेरै बदलाव हुन्थ्यो जस्तो लाग्दैन ।’

उनी भन्छिन्, ‘यदि मिर्जापुर गुजरातमा बनाइएको भए भाषिक लबजबाहेक धेरै कुरा परिवर्तन हुने थिएन । तर बनारसको संस्कृति र भावना देखाउने मुक्ति भवन र मसानजस्ता फिल्म अन्य लोकेसनमा बन्न सक्दैन । ’

बीबीसी हिन्दीबाट

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।