
काठमाडौंमा काँग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित भएका छन् । काठमाडौंमा स्थानीय तहको निर्वाचनमा काँग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । काँग्रेस कागेश्वरीमनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ ।
एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौं महानगरपालिकाको भने मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिएकी छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ