शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा हतियारसहित चार युवा पक्राउ

बुधबार, २० मङ्सिर २०७४, १९ : १०
बुधबार, २० मङ्सिर २०७४

लमजुङ – पश्चिम लमजुङस्थित मध्य नेपाल नगरपालिकामा पर्ने भोर्लेटारबाट घरेलु हतियार सहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार युवालाई निर्वाचन विथोल्न जान लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुन्दरवजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानविन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले साथबाट खुकुरी सहित दुई लिटर पेट्रोल, काँग्रेस र बाम गठबन्धनको झण्डा बरामद गरेको छ । सिमा सुरक्षा चेकजाँचको क्रममा उनीहरु पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिए ।

सीमा सुरक्षा चेकजाँच मजबुत बनाउन बुधबार प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, प्रनाउ विष्टसहितको सुरक्षा टोली भोर्लेटार पुगेको थियो । तनहुँ र कास्कीमा विहिबार हुने दोस्रो चरणको प्रतिनिधी र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले सीमा सुरक्षा चेकजाँचमा कडाई गरेको छ । हतियारसहित युवाहरु पक्राउ परेपछि सीमा सुरक्षालाई थप व्यवस्थित बनाइएको प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप