युरोपा लिग फुटबल : बायर लेभसकुसेनले रोमालाई उसैको मैदानमा हरायो
काठमाडौँ । जर्मन क्लब बायर लेभरकुसेनले युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बायर लेभरकुसेनले बिहीबार राति खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा इटालियन प्रतिद्वन्द्वी रोमालाई उसैको मैदानमा २–० गोलले हरायो ।
बायर लेभरकुसेनले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको २८औँ मिनेटमा फ्लोरिन विर्टजले टोलीका लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको ७३औँ मिनेटमा रोबर्ट एन्ड्रिचले टोलीका लागि दोस्रो गोल गरे ।
सोही राति खेलिएको अर्को सेमिफाइनल खेलमा इटालियन क्लब एटलान्टाले फ्रान्सेली क्लब मार्सेलीलाई उसैको घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकेको छ । सेमिफाइनलको दोस्रो लेग खेल अब एटलान्टाको घरेलु मैदानमा खेलिने छ ।
खेलमा सुरुआती अग्रता भ्रमणकारी टोली एटलान्टाले लिएको थियो । खेल सुरु भएको ११औँ मिनेटमा एटलान्टाका लागि जियानलुका स्कामाकाले गोल गरेका थिए ।
तर, एटलान्टाको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको २०औँ मिनेटमै मार्सेलीका चान्सेल एम्बेम्बाले जवाफी गोल गरेका थिए । सेमिफाइनलको दोस्रो लेग खेल अर्को साता खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण