शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा मिडिया सेन्टरको उद्धघाटन

बुधबार, २० मङ्सिर २०७४, २० : २०
बुधबार, २० मङ्सिर २०७४

बेसीशहर – मतगणनास्थल जिल्ला समन्वय समितिको हल नजिकैको बैठक कक्षमा मिडिया सेन्टरको स्थापना गरिएको छ ।  उक्त वैठक कक्षमा स्थापना गरिएको मिडिया सेन्टरको बुधबार उद्घाटन गरिएको हो ।

 

बिहीबार साझा ५ बजेवाट सुरु गरिने मतगणनामा समाचार संकलन र सम्प्रेषणका लागि सहज हुने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  मिडिया सेन्टरको उद्धघाटन गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस कोमलप्रसाद आर्चायले मतगणनाको समाचार संकलनका लागि पत्रकारहरुलाई सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको बताए । 

उनले भने, ‘लमजुङ जिल्लामा मात्रै नभै देश तथा विदेशमा बस्नेहरुलाई समेत मतगणनाको बारेमा जानकारी दिने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो ।’ सूचना पाउने हरेक नागरिकको अधिकार भएको र त्यसमा पत्रकारहरुको समस्यालाई समेत बुझेर स्थापना गरिएको उनले बताए । उनले मतगणनास्थलमा सीमित पत्रकारलाई टाढैबाट फोटो र भिडियो खिच्ने ब्यवस्था मिलाइएको बताए । ‘मतगणनास्थलबाट सूचना पर्याउन एकजना अधिकृत तोक्छौं । सूचना अस्पष्ट भए हामी पनि साथमा हुन्छौं’ उनले भने, ‘संचारकर्मीलाई मात्रै नभई हामी गेट बाहिर बस्नेलाई पनि माइकिङको माध्ययमबाट सूचना प्रवाह गर्छौं ।’


मतगणना अवधिभर समाचार संकलनमा केही समस्या भए खुलेर भन्न समेत आचार्यले सम्पूर्ण मिडिया कर्मिहरुलाई आग्रह समेत गरेका छन् । पत्रकारहरुको साथ र सहयोगमा शान्त र भयरहित वातावरणमा स्थानिय तह निर्वाचन सम्पन्न गरिएको र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै मतगणनामा समेत साथ र सहयोग गर्न आग्रह गरे । 


सहायक निर्वाचन अधिकृत एवं स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले ‘सूचनालाई पारदर्शी रुपमा जनतामा प्रवाह गरिनुपर्छ र हुनुपर्छ भन्ने मान्यता हो’ उनले भने । भवन अभावका बामजुत पनि पत्रकाहरुको आवश्यकतालाई मध्यनजर गर्दे उक्त बैडक कक्षलाई मिडियाको रुपमा प्रदान गरिएको बताए । 

राज्यको चौथो अंगका रुपमा पत्रकारहरुलाई हेरिएको भन्दैँ समस्याको समाधान मात्र गरिएको बताए । उक्त बैठक कक्षमा मंगलबार वाटै ‘हाइस्पीड’ को इन्टरनेट समेत जडान गरिएको छ । पत्रकारलाई आलोपालो गर्ने गरी पासको ब्यवस्था मिलाइने छ भने एक पटकमा १५ जना लाई मात्र उक्त कक्षमा जान अनुमति दिने सिग्देलले बताए । 


जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले मतपरिणामको गतिविधिका सूचना सम्प्रेषणमा तथ्यांकीय हिसावले एकरुपता ल्याउन मिडिया सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताए ।


नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयको सहयोगमा मिडिया सेन्टरको स्थापना गरिएको हो । मतगणनास्थल जिल्ला समन्वय समितिको हल नजिकै को बैठक कक्षमा मिडिया सेन्टरको स्थापना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप