शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मर्मेड बेड’ मा भेटियो महिलाको २१ सय वर्ष पुरानो कंकाल

सोमबार, २३ जेठ २०७९, १२ : ४०
सोमबार, २३ जेठ २०७९

उत्तरी ग्रिसको कोजानी शहर नजिकै पुरातत्वविदले एक महिलाको कंकाल भेटेको छ । यो कंकाल काँसको एउटा बेडमा भेटिएको छ जसलाई शताब्दिऔँ अघि गाडिएको थियो ।

वैज्ञानिकका अनुसार यो कंकाल पहिलो शताब्दी इसा पूर्वको हो । जुन बेडमा यो कंकाल भेटिएको छ त्यसमा मत्स्य कन्या (मर्मेड) को आकृति बनेको छ । बेडमा अर्को एउटा तस्बिर पनि बनेको छ जसमा एउटा चराले आफ्नो मुखमा सर्प समातिरहेको देख्न सकिन्छ । यो चित्र प्राचिन ग्रिक देवता अपोलोको प्रतिक हो ।

बेडमा मर्मेडको आकृति कुँदिएको थियो । (Photo: Areti Chondrogianni-Metoki) 

कोजानीको प्राचिन वस्तुहरुको एफोरेटका निर्देशक अरेती चोन्ड्रोगियानी–मेटोकीका अनुसार महिलाको टाउको सुनको पातबाट ढाकिएको थियो जुन मालामा सजाइएको हुनसक्छ । यद्यपि, बेडको काठको भाग सडिसकेको छ ।

उनका अनुसार महिलाको हातमा सुनको धागो पनि पाइएको छ । यसका साथै माटोका चार भाँडो र एउटा काँसको भाँडो भेटिएको छ जसलाई महिलाको शवसँगै गाडिएको थियो ।

काँसले बनेको बेड यस्तो खालको थियो होला । (Photo: Areti Chondrogianni-Metoki)​

पुरातत्वविद् अब कंकालको अनुसन्धान गरेर महिलाको स्वास्थ्य, उनको मृत्युको समय र मृत्युको सम्भावित कारणबारे पत्ता लगाउने कोसिस गरिरहेको छ ।

यद्यपि, महिलाको कंकाल नजिकैबाट भेटिएको कलाकृतिबाट अनुमान गर्न सकिन्छ कि उनी धनी परिवारकी होलिन् । कुनै शाही परिवारसँग उनको सम्बन्ध भएको पनि हुनसक्ने आँकलन गरिएको छ । महिलाको अवेशषलाई हाल ग्रिसको एयानी पुरातत्व संग्रहालयमा राखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप