केएमसीमा गरियो रक्तदान
बिहीबार, ०२ असार २०७९, ०९ : ०६
भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् ।
रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।
केएमसीले सामाजिक सेवामूलक काममा जोड दिँदै आएको छ । सोही अनरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे