शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रका मुख्यमन्त्रीले भाजपालाई किन भने अछूत ?

शनिबार, ११ असार २०७९, ०८ : ५७
शनिबार, ११ असार २०७९

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भारतीय जनता पार्टीले शिवसेनालाई खत्तम गरेको आरोप लगाएका छन् । उनले हिन्दुत्वका कारण भाजपालाई अछूत मानेर कोही पनि साथमा जान तयार नभएको बेला हिन्दुत्वको मतको विभाजन रोक्न भाजपालाई साथ दिने निर्णय गरेपनि अहिले आफूहरुले त्यसको मार खेप्नु परेको उनले बताएका हुन् ।

उद्धव ठाकरेको बयान राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी) का प्रमुख शरद पवार र दुई अन्य एनसीपी नेताहरू, उपमुख्यमन्त्रीहरू अजित पवार र जयन्त पाटिलसँग शुक्रबार राति उनको निवास 'मातोश्री' मा भएको भेटपछि आएको हो। उक्त भेटमा शिवसेना नेता सञ्जय राउत पनि उपस्थित थिए ।

शिवसेनाले राज्यको महाविकास अघाडी सरकारमाथिको राजनीतिक सङ्कटका कारण उत्पन्न भएको अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो १ बजे आफ्नो पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठक बोलाएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार उद्धव ठाकरेले आरोप लगाएका छन्, ‘जित्न नसकेका मानिसहरूलाई हामीले टिकट दिएर जितायौँ, तर अहिले हाम्रा आफ्नै मानिसहरूले हाम्रो पिठ्युँमा छुरा हानेका छन्। अर्कोतर्फ शरद पवार र सोनिया गान्धीले हामीलाई साथ दिए ।'

भाजपासँग जाने मागलाई अस्वीकार गर्दै महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले भने, 'शिवसेनाका विद्रोही विधायकहरूले भाजपासँग जाने कुरा गरिरहेका छन्, जसले हाम्रो पार्टी र हाम्रो परिवारलाई बदनाम गरेको छ। तर यस्तो गर्ने प्रश्न नै उठ्दैन ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप