
पोखरामा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल

राजधानीबाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यही असार ९ गते गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
मिर्गौला ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल बुधबार अस्पतालबाट स्वास्थ लाभ भइ डिस्चार्ज भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । मिर्गौला प्रत्यारोपणमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा भरत बहादुर खत्रीको उपस्थित रहेको थियो ।
मिर्गौला प्रत्यारोपण राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ