न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ विधानसभा प्राथमिक निर्वाचनमा विजयी
विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिककाे तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ ।
उनले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन । श्रेष्ठको जितसँगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको बिजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
अनौपचारिक नतिजा अनुसार श्रेष्ठले ५१ प्रतिशत मत ल्याएकी छन् भने वर्तमान सभासद् केभिन काहिलले ४७.५ प्रतिशत मत प्राप्त गरेका छन् । अनुपस्थित मतपत्रहरू अझै गणना गर्न बाँकी छ। श्रेष्ठ पहिलो पुस्ताकी नेपाली(अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
काहिलले चुनावको नतिजालाई स्वीकार गरेका छन् । उनले ‘प्राथमिक निर्वाचनको नतिजा स्पष्ट छ र मेरो प्रतिद्वन्द्वी सराहना श्रेष्ठ विजयी भइन्,’ काहिलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र