न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ विधानसभा प्राथमिक निर्वाचनमा विजयी
विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिककाे तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ ।
उनले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन । श्रेष्ठको जितसँगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको बिजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
अनौपचारिक नतिजा अनुसार श्रेष्ठले ५१ प्रतिशत मत ल्याएकी छन् भने वर्तमान सभासद् केभिन काहिलले ४७.५ प्रतिशत मत प्राप्त गरेका छन् । अनुपस्थित मतपत्रहरू अझै गणना गर्न बाँकी छ। श्रेष्ठ पहिलो पुस्ताकी नेपाली(अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
काहिलले चुनावको नतिजालाई स्वीकार गरेका छन् । उनले ‘प्राथमिक निर्वाचनको नतिजा स्पष्ट छ र मेरो प्रतिद्वन्द्वी सराहना श्रेष्ठ विजयी भइन्,’ काहिलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण