शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीसँग विवाह गर्ने युएई महिलाका लागि राष्ट्रपतिको महत्त्वपूर्ण घोषणा

बिहीबार, १६ असार २०७९, १४ : २१
बिहीबार, १६ असार २०७९

संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानले विदेशीसँग विवाह गर्ने देशका महिलाका लागि महत्त्वपूर्ण घोषणा गरेका छन् ।

युएईले युएई मूलका महिलाका सन्तानलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशका अन्य नागरिक सरह समान सुविधा दिने प्रस्ताव पनि पारित गरेको छ ।

उप प्रधानमन्त्री र राष्ट्रपति मामिलाका मन्त्रीले अब यो नियम लागू गर्नका लागि दिशानिर्देश जारी गर्नेछन् ।

युएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएममा उपलब्ध जानकारी अनुसार राष्ट्रपति अल–नाहयानले राष्ट्रपति मामिलाका मन्त्रालयलाई सबै प्रावधान लागू गर्नका लागि आवश्यक सहयोग प्रदान गरिने जानकारी दिए ।

युएईका राष्ट्रपतिको यो निर्णय लामो समयदेखि महिला नागरिकको परिवारलाई समान अधिकार दिने प्रयास अन्तर्गत लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप