‘अख्तियारको इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जना पक्राउ
अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।
आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतिय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकामा पैसा लिँदै गरेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल, बीओपी जलेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा