राजेश र नीतिले गरे फिल्म तथा टीभी स्कुलको उद्घाटन
फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतले गरे ।
स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुनेछ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चरको रुपमा रहनेछन् ।
कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’ स्कुलमा प्रमुख दशरथ सुनारका अनुसार स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्ष पढाइ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए