ad
x

ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0
सांकेतिक तस्बिर

२० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्याले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । 


कारागार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउँदै आएका छन् । संख्या बढी हुँदा सुत्नका लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ । 



जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या  समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदी बन्दीहरूले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरूको भनाइ छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।