विम्बल्डन टेनिस : नाडाल अन्तिम आठमा
मङ्गलबार, २१ असार २०७९, ०९ : १०
बोटिक भान डर जान्डस्कुपलाई गराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५० औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निकाले ।
फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए ।
नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन् ।
ग्रान्ड स्लाममा पुरुष एकलमा सबै भन्दा धेरै जित फेडेररको नाममा छ । उनले चार सय २९ खेल जितेका छन् । त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन् । नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
-
एनभीएले जनायो गम्भीर ध्यानाकर्षण
-
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
-
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
-
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
-
मधेस प्रदेश : नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक