बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

शुक्रबार, २४ असार २०७९, ०९ : ०२
शुक्रबार, २४ असार २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप