बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना

बिहीबार, २१ जेठ २०८३, ०६ : १३
बिहीबार, २१ जेठ २०८३

सारांश

  • नेपालको पश्चिम भूभाग आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
  • आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहने छ ।
  • कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभागमा राति सामान्य बदली रहनेछ ।

काठमाडौँ । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

आज दिउँसो  देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा आंशिक बादल  र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी  र  कर्णाली  प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप