बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जेठ महिनामा ३० अर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति

सोमबार, २७ असार २०७९, १७ : ४०
सोमबार, २७ असार २०७९

जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ३० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा ३० अर्बले विदेशी मुद्राको सञ्चिति बढेको हो ।

वैशाख महिनामा नेपालसँग ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । जुन जेठ महिनासम्मको अवधिमा ३० अर्ब रुपैयाँले बढेर ११ खर्ब ७६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो एक महिनामा विदेशी मुद्राको सञ्चितीमा आएको २९ अर्ब ९६ करोडको वृद्धि हो ।

यसैगरी, यस अवधिमा अमेरिकी डलरमा समेत विदेशी मुद्राको सञ्चिति बढेको छ । राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढेको छ । वैशाख महिनामा ९ अर्ब २८ करोड डलर सञ्चिति रहेकामा जेठ महिनामा ९ अर्ब ४५ करोड डलर पुगेको छ । 

यद्यपी, समग्र चालू वर्षमा भने डलरको सञ्चिति १५.९ प्रतिशतले खुम्चिएको छ । यस्तै, यस अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति १९.६ प्रतिशतले खुम्चिएको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप