शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बारा–१ मा काँग्रेसका चौधरी विजयी

सोमबार, २५ मङ्सिर २०७४, १५ : ०३
सोमबार, २५ मङ्सिर २०७४

बारा -बारा क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी विजयी हुनुभएको छ । 

चौधरीले २४ हजार ४५० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा राजपाका रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गर्नुभयो । 

बारा–१ प्रदेश ‘ख’ मा राजपाका यादव, बारा–४ प्रदेश ‘ख’ मा सोनार 

बारा क्षेत्र नं १ प्रदेश ‘ख’ मा राजपा–फोरम गठबन्धनका सरोज यादव विजयी हुनुभएको छ । 

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गोविन्दप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

क्षेत्र नं ४ प्रदेश ‘ख’ मा राजपाका महामन्त्री जितेन्द्र सोनार १३ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुशवाहले पाँच हजार ८९७ मत प्राप्त गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप