शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यसरी जोगियो नेता त्रिपाठी र कँडेलको नवलपरासीमा विरासत

सोमबार, २५ मङ्सिर २०७४, १५ : ५९
सोमबार, २५ मङ्सिर २०७४

परासी– मंसिर २१ गते सम्पन प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र राजनीतिक समुहका मधेशी नेता एवं चर्चित व्यक्ति पुर्वमन्त्री ह्देश त्रिपाठी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निकै चर्चामा थिए ।
 यी दुवै नेता जिल्लादेखि केन्द्रसम्म राम्रो पकड जमाउनेमध्येमा पर्छन् ।
नेता त्रिपाठीले नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा बाम गठबन्धन सँग चुनावी एलायन्स गरि एमालेको सुर्य चुनाव चिन्हबाट चुनाव लडेका थिए भने अर्का नेता कडेल प्रतिनधि सभा निर्वाचन क्षेत्र नं २ बाट लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका 
उम्मदेवारको रुपमा चुनाव लडेका थिए ।

विर्नचनको अन्तिम परिणाम नआउदासम्म यी दुवै नेता आ–आफना प्रतिद्धन्द्धीसंगको कडा प्रतिस्र्धामा रहेकाले दुबैको मनमा चुनाव हार्ने त्रास थियो । नेता त्रिपाठीले आफनो क्षेत्रमा वि.स. २०४८ सालदेखि कब्जा जमाउदै आएपनि गत संविधान सभा निर्वाचनमा उनलाई सबै दल र उम्मदेवारहरु मिलेर हराएका थिए । त्रिपाठीले वि.स. २०४८, २०५१, २०५६, २०६४ को संसदीय निर्वाचन जित्दै तिन पटक मन्त्री समेत बनेका थिए ।

२०७० सालमा त्रिपाठीलाई कांग्रेसका देवकरण कलावरले हराएका थिए । तर यो पटक फेरी त्रिपाठीले उनै कलवारलाई ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दै ५ हजार १ मतको अन्तरले हराउन सफल भए । जसकारण उनको गुमेको विरासत फेरि फर्केको छ ।  
अर्का नेता कडेलपनि वि.स. २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा दुई पटक बिजयी भई दुई पटक गृहराज्य मन्त्री भएर काम गर्ने अवसर पाएका थिए । वि.स. २०६४ र २०७० सालको निर्वाचनमा नेता कडेल पराजित बनेका थिए । 

यो पटक भने नेता कडेललाई बाम गठबन्धनको तर्फबाट माओबादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका घनश्याम यादव कमजोर उम्मदेवारका रुपमा रहेकाले चुनाव जित्न सहज भएको हो । कडेलले ३४ हजार १ सय ४३ मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्धन्द्धी नेता यादवलाई १० हजार २ सय ३२ मतअन्तरले पराजित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप