शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीका तीन क्षेत्रमा बामगठबन्धनको जीत, दुई क्षेत्रको नतिजा आउन बाँकी

सोमबार, २५ मङ्सिर २०७४, १६ : ४८
सोमबार, २५ मङ्सिर २०७४

टंक कुँवर

धनगढी – निकै चासो र चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना संगै  अन्य २ क्षेत्रमा  पनि बाम गठबन्धनले प्रतिनिधि सभामा जीत हात पारेका छन् । 

कैलालीमा रहेका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा बामगठबन्धनले जीत हात पारेका छन् भने क्षेत्र नं. १ र २ मा मतगणना जारी रहेको छ । 

क्षेत्र नं. ५ मा गठबन्धनका रानासँग नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवा चार हजार आठ सय बढी मतले पराजित भएकी थिइन् । 
  

 रानाले २७ हजार दुई सय दुई मत प्राप्त गरेका थिए भने काँग्रेस उम्मेदवार डाक्टर देउवाले २२ हजार तीन सय २२ मत प्राप्त गरेकी थिइन् । 
 

       त्यस्तै, प्रतिनिधिसभाको क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्ट र क्षेत्र नम्बर ३ बाट बाम गठबन्धका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गौरीशंकर थारू विजयी भएका छन् ।
 

   आइतबार राति १० बजे घोषित परिणामअनुसार पूर्वमन्त्री समेत रहेका नेता भट्ट २७ हजार ५४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका सुनिलकुमार भण्डारीले १८ हजार १४२ मत प्राप्त गरे ।     पूर्व कृषिमन्त्री समेत रहेका थारूले पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेका हुन् । थारूले चौधरीलाई चार हजार ३८५ मतले पराजित गरेका हुन् ।             

बाम गठबन्धनका उम्मेदवार थारूले २४ हजार ८७९ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनका चौधरीले २० हजार ४९४ मत पाएका छन् । विजयी थारू यसअघि साविकको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । 
 

   सधै चुनाव जित्ने चौधरी पहिलो पटक पराजित भएका हुन । उनी कैलालीबाट ०४८, ०५१, ०५६ र ०७० सालमा निर्वाचित भएका थिए भने ०६४ मा समानुपातिक सभासद थिए । उनी पटक–पटक मन्त्री भइसकेका छ्न ।

जीतसँगै आज कैलालीमा बामगठबन्धनले संयुक्त विजय ऱ्याली निकालेका छन् । धनगढीको क्याम्पस चोकदेखि अत्तरिया हुँदै कैलालीका विभिन्न निर्वाचित क्षेत्रहरुमा निर्वाचित उम्मेदवारहरु मतदातालाई धन्यवाद दिदै विजय ऱ्यालीमा सहभागी भएका थिए ।
            
उम्मेदवार झपटबहादुर रावलले छ हजार ५५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह राठौरले चार हजार २४६ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप