शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ ५ का दुवै प्रदेशमा एमाले विजयी

सोमबार, २५ मङ्सिर २०७४, १७ : ३४
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौँ– काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा एमालेका नारायणबहादुर सिलवाल र २ नं प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी हुनुभएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए । 

उनका अनुसार सिलवालले सात हजार ७९० मत र निरौलाले १३ हजार ७६९ मत प्राप्त गरी विजयी भएका हुन् ।  सिलवालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रमा पौडेलले चार हजार ३०९ मत र निरौलाका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले नौ हजार ५२४ मत प्राप्त गरेका छन् । 

यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमालेका महासचिव ईश्वर पोखरेल विजयी भइसकेका छन्  ।  निर्वाचन अधिकृत अर्यालले भोलि बिहानबाट समानुपातिकतर्फको मतगणना हुने जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप