शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा बाम गठबन्धनको बिजयी उत्सव (फोटो फिचर)

सोमबार, २५ मङ्सिर २०७४, २१ : १९
सोमबार, २५ मङ्सिर २०७४

हेमराज ढकाल 


भक्तपुर – भक्तपुरको प्रतिनिधसभा १ को प्रदेशसभा १ मा आफ्नो उम्मेद्वार बिजयी भएपछि बाम गठबन्धनले बिजय र्याली निकालेको छ । 


भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले)का हरिशरण लामिछाने विजयी भएका हुन् । उनले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए ।


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९ सय ७४ मत प्राप्त गरेका छन् । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहे । 


बाम गठबन्धनले सोमबारको बिजयी उत्सव कार्यक्रम भक्तपुर नगरपालिको १० नम्बर वडा र चाँगुनारायणको ६ न नम्बर वडामा जुलुस गरेपछि नगरकोटमा कोणसभा गरेर सम्पन्न गरेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप