मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियतालाई बन्धक राखेर सरकारले विदेशी प्रभुको स्वार्थ सिद्ध गर्दैछ : सांसद बानियाँ

शुक्रबार, १३ साउन २०७९, १२ : ४६
शुक्रबार, १३ साउन २०७९

प्रतिनिधिसभा सदस्य मोहन बानियाँले वर्तमान सरकारले राष्ट्रियतालाई बन्धक राखेर विदेशी प्रभुको स्वार्थ पूर्ति गर्ने काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले सर्वत्र विरोधका बीच सरकारले ‘एमसीसी’ पास गरेको स्मरण गराउँदै लगत्तै ‘एसपीपी’ सम्झौता गर्ने योजनामा रहेको अवस्थामा सडकमा व्यापक विरोध प्रदर्शन भएपछि पछाडि हटेको बताए ।

सरकारले एसपीपी सम्झौता नगर्ने भन्दै आए पनि अहिलेसम्म अमेरिकालाई पत्र नपठाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकारले सेना प्रमुखलाई इन्डोप्यासेफिक स्ट्राटेजीको अंगका रुपमा रहेको कार्यक्रममा सामेल हुन मेलबर्न जान अनुमति दिएको विषयमा पनि उनले प्रश्न उठाए ।

उनले नागरिकता विधेयकमाथि व्यापक संशोधन प्रस्ताव आउँदा आउँदै पनि हतारमा पारित गरिएको भन्दै त्यसले दुरगामी असर पर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप