शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा–१ मा वाम गठबन्धनका मरासिनी विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, २० : १७
मङ्गलबार, २६ मङ्सिर २०७४

वालिङ, (स्याङ्जा)– स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उनी विजयी भएका हुन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरे ।

२०७० सालको संविधानसभाको निर्वाचनमा पनि स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु प्रतिस्पर्धी थिए । संविधानसभाको निर्वाचनमा पराजय भोगेका मरासिनीले यस पटक थापालाई जितेका हुन् । 

यसैगरी प्राप्त पछिल्लो मतगणना अनुसार स्याङ्जा –२ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालले अग्रता लिएका छन् । उनले २७ हजार ६७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी काँग्रेसका गोपालमान श्रेष्ठले २६ हजार २०३ मत ल्याएर पछ्याइरहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप