अब एउटै सरकार पाँच वर्षसम्म चल्छः महासचिव पोख्रेल
काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन् । आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए । उनले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताए ।
“हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उनले भने, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।” उनले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास नगर्न आग्रह गरे ।
काठमाडौँ क्षेत्र नं ५ मा विजय हुनुभएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताए । निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उनले भने, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी
-
पोखराको बिजुली पसलमा आगलागी
-
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
-
आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर