आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
यो सिजन हैदराबाद र राजस्थानबिचको पहिलो खेल हुनेछ । आज दुवै टोलीको यो सिजनको १० औँ खेल हुनेछ । राजस्थान अन्तिम ९ मध्ये ८ जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदराबाद ९ मध्ये ५ जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ ।
- हेड टु हेडमा बराबर
हैदराबाद र राजस्थान हेड टु हेडमा बराबरीमा छन् । यी दुई टोलीबिच हालसम्म कूल १८ आईपीएल खेल भएका छन् । ९ खेलमा हैदराबाद र ९ खेलमा राजस्थान विजयी भएको थियो ।
दुई टोलीबिच हैदराबादमा कुल ४ खेल खेलिएको ५ । जसमा हैदराबादले ३ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ ।

- हैदराबादका लागि हेडको सर्वाधिक रन
हैदराबाद ब्याटिङमा ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनमा धेरै निर्भर छ। टोलीका लागि हेडले सर्वाधिक ३३८ रन बनाएका छन् । उनले ८ खेलमा शतकसमेत बनाएका छन् । एडेन म्याक्रामले भने ९ खेलमा १९९ रन मात्र बनाउन सकेका छन् । टी नटराजनले सर्वाधिक १३ विकेट लिए ।
- राजस्थानका लागि सामसन सफल
राजस्थानमा जोस बटलर, यशस्वी जैसवाल, रियान पराग र कप्तान सञ्जु सामसन जस्ता इनफार्म ब्याट्सम्यान छन् । शिमरोन हेटमायर र रोभम्यान पावेलका अलावा ध्रुव जुरेलले पनि रन बनाएका छन् ।
बलिङमा युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान र सन्दीप शर्माले राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान सञ्जु सामसनले सर्वाधिक ३८५ रन बनाए भने चहलले सर्वाधिक १३ विकेट लिएका छन् ।

- पिच रिपोर्ट
हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याटिङ मैत्री छ । बलरहरूले पनि यहाँ थोरै मद्दत पाउने छन्। यो मैदानमा हाई स्कोरिङ खेलहरू देखिएका छन्।
यस रंगशालामा हालसम्म ७४ आईपीएल खेल खेलिएका छन्, जसमध्ये ३३ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ४१ खेल पछ्याउँदै टोलीले जितेका छन् ।
- मौसमको अवस्था
हैदराबादको मौसम धेरै गर्मी हुनेछ। खेलको दिन यहाँको तापक्रम २६ देखि ४२ डिग्रीसम्म रहने अनुमान गरिएको छ । यस दिन पानी पर्ने सम्भावना छैन।
- सम्भावित प्लेइङ ११
सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।
इम्प्याक्ट प्लेयर : उमरान मलिक।
राजस्थान रोयल्स: सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, जोस बटलर, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।
इम्प्याक्ट प्लेयर : रियान पराग।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण