शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सधान सञ्चालन रोक

सोमबार, ३० साउन २०७९, १८ : ४५
सोमबार, ३० साउन २०७९

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।  

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । यसैबीच आइतबार दुई जनाको मृत्यु भएसँगै मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेको छ । जसका कारण सुर्खेतदेखि कोहलपुरतर्फ जाने र कोहलपुरदेखि सुर्खेतका लागि छुटेका सवारी साधनहरु बबईमा थन्किएका थिए । 

स्थानीय र प्रशासनबीच सामान्य छलफलपछि राजमार्ग खोलिएको हो । राजमार्ग खोलिएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । मंगलबार स्थानीय र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीबीच वार्ता गर्नेगरी सडक खोलिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप