कास्कीकोटमा दही जात्रा हुँदै
मङ्गलबार, ३१ साउन २०७९, ०७ : ०३
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस वर्ष भने विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताP ।
समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए