हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य विवरण

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।
आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।
त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।
यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४. ६ लाख विरुवा रोपे !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंकेश्वरी मन्दिर क्षेत्रको सडकमा पानी जमेपछि...
-
स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने माओवादीको तयारी
-
निःशुल्क घोषणा गरिएको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू