शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : बर्खास्त मन्त्रीले पाए मन्त्रीकै दर्जा, मर्यादा मिचिँदा उपसभामुख रुष्ट

शनिबार, १८ भदौ २०७९, ०६ : २९
शनिबार, १८ भदौ २०७९

सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रम हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ । प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शुक्रबार आयोजना गरेको पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रममा राज्यमन्त्रीकै दर्जामा आशनग्रहण गराइएको छ ।

प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्यमन्त्रीकै दर्जा दिएर प्रदेश सरकारको उपहाससँगै कानूनकै धज्जी उडाउने काम प्रदेश सभा सचिवालयबाट भएको बताए ।

उनले भने, ‘सरकारको बारेमा यस्ता महत्वपूर्ण निर्णयबारे पनि जानकारी राख्न नसक्नु प्रदेश सभा सचिवालय जस्तो गरिमामय निकायको ठुलो मिस्टेक हो । मैलै हिजो नै यसबारे सल्लाह सुझावसहित सच्याउनको लागि सचिवालयलाई आग्रह गरेको थिए । तर बेवास्ता गरियो ।’

नेकपा (एकीकृत समाजवादी)बाट राज्यमन्त्री बनेका चौधरीलाई हालै कञ्चनपुको महेन्द्रनगरमा आयोजना गरिएको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका थिए । लगत्तै राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री पदबाट बर्खास्त गरेका थिए ।

त्यस्तै, प्रदेश सभा सचिवालयको सो कार्यक्रम अर्को गल्तीले कार्यक्रममै तरंग उत्पन्न भएको थियो । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा आयोजकले सामान्य सावधानी समेत अप्नाउन नसक्दा पाँच वर्षे अवधिको अन्तिममा आयोजित ऐतिहासिक कार्यक्रम नै खल्लो भएको एक सांसदले बताए । 

मर्यादा अनुसार आशन ग्रहण नगराइएपछि प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशी रुष्ट बनेकी थिइन् । आशनग्रहणको क्रममा कार्यक्रम उद्घोषकले उनको मर्यादाक्रम मिचेर अर्कालाई आशनग्रहण गराएपछि उनी रुष्ट बनेकी हुन् ।

मर्यादाक्रम अनुसार विपक्षी दलका नेताभन्दा अगाडि आशनग्रहण गराउनुपर्नेमा पछाडि गराइएपछि उनी रुष्ट बनेको बताइएको छ । रुष्ट बनेकी निर्मला बडाल जोशी अथिति दीर्घमा आशनग्रहणको लागि आग्रह गर्दा समेत अतिथि दीर्घभन्दा अगाडिको शोफामै आशन ग्रहण गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप