आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले प्रकाशन गर्‍यो अन्तिम मतदाता नामावली

एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता
शुक्रबार, ३१ भदौ २०७९, २१ : ००
शुक्रबार, ३१ भदौ २०७९

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।  आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । 

यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप