कोशीमा कांग्रेस सरकार टिकाउन लाग्छ : प्रमुख सचेतक तामाङ

विराटनगर । कोशी प्रदेशमा कांग्रेस संसदीय दलले सरकार टिकाउन प्रयास गरिरहने बताएको छ । दलका प्रमुख सचेतक गोपाल तामाङले आज कोशी प्रदेशसभा सचिवालय विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानले दिएको बाटोलाई अवलम्बन गरेर जे–जे गर्न सक्छौँ त्यो गर्ने उनले बताए । ‘२५ गतेसम्ममा विश्वासको मत लिने समय छ । त्यो विषयमा के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले स्वविवेकीय अधिकार प्रयोग गर्नुहुन्छ,’ तामाङले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गएपनि हामी उहाँलाई सहयोग गर्छौं । २६ गते पछि हामी एउटा ट्र्याकमा आउला भन्ने लाग्छ ।’
यसअघि बसेको दलको बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने धारणा राखेको भए पनि दलको बैठकले सरकार बचाउनु पर्छ भनेर निर्णय गरेको तामाङले बताए ।
उनले मुख्यमन्त्रीले संसद्को अधिकारमाथि च्यालेन्ज गरेको विषयमा भने उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । संसद्ले अनुमानको भरमा सङ्कल्प प्रस्ताव पारित भएको बताउँदै २५ गतेसम्म हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित