आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महाअभियोग समितिले प्रतिवेदनबारे शनिबार निर्णय गर्ने

शुक्रबार, ३१ भदौ २०७९, २० : ५०
शुक्रबार, ३१ भदौ २०७९

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिवार बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि शनिवार बस्ने बैठकले निर्णय गर्ने बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएको भन्दै शनिबारनै त्यसलाई पनि अन्तिम रुप दिइने बताए ।  उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले हेरिरहेको जानकारी दिए । जबराको सम्पत्ति विवरणको सम्बन्धमा भोलि प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप