प्रिय समय
ठिकठाक चल्दै थियो
जिन्दगीको बाइसाइकल
अचानक,
तिमीसँग भेट हुन पुग्यो ।
अनि,
अचेल कता हो कता
हराएको छ यो मन ।
रातमा ताराहरुले आकाशमा
साम्राज्य जमाएजस्तै
तिमीले मेरो मन अनि मस्तिष्कमा
साम्राज्य जमाउनु
तिमीसँग भेट हुनु
संयोग थियो वा भाग्य ?
संयोग नै सही
अनि प्रेम गर्नु खोज्नु ?
तिमी भन्छौ भने
यसलाई पनि संयोग नै मान्न
म तयार छु ।
तर, तिमीले पनि मन पराउँछौ भनेर मख्ख पर्नु
साथीहरुले तिमीसँग नाम जोडेर जिस्काउनु
तिम्रै बारेमा सोचेर घण्टौँ टोलाउनु
तर मनको कुरा तिमीलाई भन्छु
भन्दाभन्दै पनि भन्न नसक्नु,
यो कस्तो प्रेम ?
प्रेमको बहीखातामा
तिम्रो निम्ति बेहिसाब प्रेम छर्न मन छ ।
यी सबै कुराहरूबाट बेखबर छौ तिमी
तर, सक्दिन म यी सबै गर्न
यदि तिमीले प्रेम गर्दिन भन्यौ भने ?
भंग हुनेछ एक्लै तिमीलाई
मन पराउनुको मज्जा
तोडिने छ आशा अनि विश्वास
अचम्मित हुनेछन्
मदन आउनेछ दिलमा
९० सालको जस्तो भैँचालो
तहस नहस हुनेछन् सारा सपनाहरू
जुन मैले मात्रै देखेको थिएँ ।
अनि सुरु हुनेछ यो सहरमा
एउटा प्रेमीको आमरण अनसन
साराले भन्नेछन् मलाई, पागलप्रेमी
अनि लेखिनेछ,
एउटा विश्वविख्यात उपन्यास
जसको नाम हुनेछ,
‘मौनताभित्र लुकेको प्रेम’ ।
नुवाकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण