सेल्सबेरीले ल्यायो चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर
दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।
फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् ।
साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जनाएको छ । विजेताको छनोट फेसबुक लाइभ मार्फत गरिने छ । आजदेखि ३० कात्तिकसम्म यो योजना लागू हुने सेल्सबेरीले जनाएको छ ।
सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । विजेता ग्राहकले खरिद गरेको पसलबाट उक्त रकम बराबरको सपिङ निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले