गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता
वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्।
अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताए। उनले भने, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार चुकेको कुरा सत्य हो।”
स्थानीय तहले डेङ्गु अध्ययन, अनुसन्धानको अभियान सञ्चालन गर्न नसके पनि सरसफाइ, सचेतना, रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्न सक्छन्। त्यसबाट पनि डेङ्गु नियन्त्रण हुन्छ। सो काम हालसम्म कसैले पनि गर्न सकेका छैनन्। कोरोना सङ्क्रमणको समयमा भने स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच र हेल्थ डेस्क सञ्चालन गरेका थिए।
त्यस्तै घरधुरी स्तरमा मास्क तथा स्यानिटाइजर वितरण, साबुनपानीले हात धुन सचेतना अभियान सञ्चालनमा निकै ठूलो रकम खर्च गरेका थिए। कतिपय स्थानीय तहले खाद्यान्न वितरणसमेत गरेका थिए। ती कुरामा करोडौँ रकम खर्च भएको थियो। डेङ्गु रोग नियन्त्रण गर्न मच्छड मार्नुपर्ने, पानी जमेका ठाउँ पुर्नुपर्नेजस्ता सामान्य तर बजेट खर्च नहुने कुरामा भने जनप्रतिनिधिले खासै ध्यान दिएका छैनन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण