शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको रिब्दीकोटले थाल्यो डेंगुको निःशुल्क परीक्षण

मङ्गलबार, ११ असोज २०७९, ०९ : १७
मङ्गलबार, ११ असोज २०७९

पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण थालेको छ ।  डेंगुका संक्रमित दैनिक रुपमा बढेपछि पालिकाभित्रका नागरिकको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । निजी क्लिनिकबाट परीक्षण गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन पालिकाले निःशुल्क परीक्षण सुरु गरेको स्वास्थ्य शाखा संयोजक सुनिल  अधिकारीले बताए । 

पालिकाको स्वास्थ्य शाखाले डेंगु सम्बन्धी अभिमुखीकरण समेत गरेर खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क परीक्षण गर्दै आएको जनाएको छ । असोजको ४ गतेदेखि सुरु भएको निःशुल्क परीक्षणमा हालसम्म ३८ जनाले सेवा लिएका छन् । जसमध्ये हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ  ।

यस्तै अहिले पनि दैनिक ८/१० जनाको दरमा परीक्षण गर्ने बिरामी स्वास्थ्य केन्द्रमा पुग्ने गरेका अधिकारीले उल्लेख गरे । स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम गरी डेंगु रोगको बारेमा जानकारी दिनुका साथै यो रोगको जोखिम तथा यसबाट जोगिने उपायका बारेमा जानकारी समेत दिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप