नेपाली फिल्ममा कालोबादल मडारियो– नवल खड्का

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नेपालमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’ सन्देशमा हिन्दीमा रिलिजका लागि विभिन्न लफडा गरिएको भन्दै उनले शो तर्क राखेका हुन् ।


सुरुवातको समयदेखि नै नेपालमा हिन्दी भाषाको ‘प्रेमगीत ३’ रिलिजको विरोध गर्दै आएका नवलले फिल्मको भन्दा फिल्म हिन्दी बनेर आएको प्रवृत्तिको आफुले विरोध गरेको स्पष्ट परे । नवलले नेपालमा जन्मिएपनि अमेरिकाको ग्रिनकार्ड पाएको छोरोले छोरा नेपाल आउँदा दैनिक कर तिरेर नेपालमा बस्ने गरेको कथा सुनाउँदै आफुले सोही कुरा गरेको सुनाए ।



‘मेरो आसय भित्र लुकेको राष्ट्रवाद फिल्मका मेकरले खासै बुझेनन्’ खड्काले भने– ‘हिन्दी भाषाको फिल्म रिलिज गर्नका लागि ठूलै फन्डा गरे ।’ नेपाली भाषा, संस्कृतिमाथि अतिक्रमण हुने काम जारी रहेकाले खड्काले सबैलाई सचेत रहन समेत आग्रह गरे । मंगलबार फिल्म ‘२ नम्बरी’ को कार्यक्रममा बोल्दै खड्काले राष्ट्रियताको वकालतका लागि निर्माता संघ र आफु जहिले पनि लागि पर्ने बताए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।