कविता : बाबु
कल्पेर हाँस्छु सम्झेर रुन्छु अतीत सम्झेर
बाबुको औंली समाई हिँड्थेँ गमक्क गम्केर
बनाई घोडा बाबुको बुई चढेर सवारी
फुरुङ्ग पर्थेँ राजा नै सरी छिमेक चहारी
बाबुको काँध चढेर डुल्थेँ हाट र मेलामा
खाएर पापा खुशीले हास्थें बालक बेलामा
ती पल थिए मधु झैं मीठा गए ती बितेर
फर्किने छैन,बगेको खोला बबुरो उमेर
कठै त्यो बबुरो उमेर...
बाबुको छाती रक्षित ओत शीतल छहारी
उनको गुण निःस्वार्थ प्रेम मायाको भकारी
बाबुको हात माथमा पर्दा आशिष अमूल्य
उनको धर्म सन्तानप्रति धर्तीमा अतुल्य
बाबुको साख सर्वथा उच्च गगन समान
देवझैँ पूज्य बाबुको स्थान गर्छु म सम्मान
बहुल रूप बाबुको हुन्छ सन्तान माथिको
कहिले गुरु, कहिले पितृ, कहिले साथीको
बरै त्यो कहिले साथीको ...
बसेर भोको सहेर तृष्णा लुकाई दुःखेसो
सन्तान रोए चिन्ताले फाट्छ बाबुको कलेजो
विश्वको ठुलो, धर्तीको प्यारो, बाबुको स्वरूप
कदको ठुलो मनको उचो सदैव अनुप
बाबुको देन राम्ररी बुझ सन्तति भएर
जनकसँग आशिष माग पाउमा छोएर
पितृको श्राप आगोको राप जगमा असह्य
कृतघ्न पिँढी नर्कको बास स्वर्गमा अग्राह्य
ल है ती स्वर्गमा अग्राह्य...। राजेश अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण