शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङका कार्यलय प्रमुखहरुले जिल्ला छाडे

शुक्रबार, ०७ पुस २०७४, ०७ : ३९
शुक्रबार, ०७ पुस २०७४

बेसीशहर - हिमाल पारिको जिल्ला मनाङमा चिसो अत्याधिक बढेपछि अन्य कर्मचारीलाई उछिन्दै कार्यालय प्रमुखले जिल्ला छाडेका छन् । चुनावसम्म जसोतसो बसेका कार्यालय प्रमुखहरु चुनाव सकिएलगत्तै सहरबजार तथा घरको बाटो तताएका हुन् । अहिले कार्यालय प्रमुख प्रायः सबै बेसी झरेका छन् भने बा“की ४÷५ कार्यालयका प्रमुख पनि बेसी झर्ने तयारीमा छन् । 

हरेक महिनाको ५ गते कार्यालय प्रमुखको बैठक बस्दै आएकोमा बुधबारको बैठकमा अधिकांश कार्यालयबाट निमित्त प्रमुखको उपस्थिति रहेको र बैठक औपचारिकतामा सिमित बनेको बैठकमा सहभागि एक कार्यालयका निमित्त प्रमुखले रातोपाटीलाई बताए 

सतर्क रहन निर्देशन
निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले हिमपातको समय भएकाले स्वास्थ्य समस्या देखिने भन्दै स्वास्थ्य कार्यालय लगायत सवै प्रमुखलाई सतर्क रहन निर्देशन दिएको बताए । सुरक्षामा खटिएका बाहेक कार्यालयका कर्मचारी बिदा मिलाउ“दै धमाधम सहरबजार झर्दै गरेका छन् । 

सेवाग्राही मर्कामा
जिल्लाका मुख्य ठूला कार्यालयका प्रमुखहरुनै कार्यालयमा नभएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । कुनै कार्यालयका कार्यालय प्रमुख काज, विदा तथा तालिम गोष्ठीको निहु“ पारेर जिल्ला बाहिर गएका छन् भने मंसिर २१ गतेको चुनावमा भोट हाल्न गएका कतिपय कर्मचारी अझै फर्केका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप