बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा

सोमबार, ०७ कात्तिक २०७९, १५ : ५०
सोमबार, ०७ कात्तिक २०७९

नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । जसअनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने छ । यस्तै प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ । त्यसैगरी रु. २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने छ भने प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ । 

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np ​ लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो contact भएका नम्बरहरु भहअभ excel sheet ​ मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप